हजार रुपैयाँका नक्कली नोटसहित दुई युवक पक्राउ

शुक्रबार, साउन ११, २०८१
Honor 600 pro

रौतहट । रौतहटबाट प्रहरीले दुई जनालाई हजारका नक्कली नोटसहित पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिहागपुरले एक हजार दरका १३ थान नक्कली नोटसहित सर्लाहीको गौडैता नगरपालिका-८ का नजरे आलम र इमामुल हक दर्जीलाई पक्राउ गरेको हो।

विशेष सूचना पाएर गएको प्रहरीको टोलीले बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चन्द्रनिगाहपुरको स्थानीय एक पेट्रोलपम्पबाट नियन्त्रणमा लिएको रौतहट प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकललाई नियन्त्रणमा लिएर चेक गर्दा सिटकभर मुनि लुकाइराखेको अवस्थामा नक्कली नोट फेला परेको रौतहट प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ गरेका दुबै जनासँँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्