ललितपुरको ग्वार्कोमा एक गेष्ट हाउसमा अचेत फेला परेकी युवतीको मृत्यु

शुक्रबार, साउन ११, २०८१
Honor 600 pro

ललितपुर  । ललितपुरको ग्वार्कोस्थित एक गेष्ट  हाउसमा अचेत फेला परेकी एक युवतीको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका-७ ग्वार्कोमा रहेको सनलाइट गेष्ट हाउसमा आज बिहान अचेत अवस्थामा फेला परेकी गोदावरी नगरपालिका-८ डुुकुछापकी युवतीको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।

सातदोबाटो बस्दै आएकी ती युवती एक युवकसँँग उक्त गेष्ट हाउसमा आएकी थिइन् । आज बिहान अचेत अवस्थामा रहेकी ती युवतीलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

युवतीसँँगै आएका ती युवकले श्वास प्रश्वासमा समस्या आएपछि अहिले उनको सोही अस्पताल प्रहरीको निगरानीमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्