जहाज दुर्घटनाका मृतकको शव परिवारले भोलिसम्म पाउने, सहजीकरण गर्न स्वास्थ्यमन्त्रीको आग्रह

बिहीबार, साउन १०, २०८१
Honor 600 pro

काठमाडौँ । सौर्य एयर जहाज दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गर्दै महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडलले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाजञ्ली अर्पण गरेका हुन् । 

दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे । 

“अस्पतालका अनुसार डीएनए गर्न नपर्ने, पहिचान भएका सबैको शुक्रबार साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ”, उनले भने, “शव हस्तान्तरणमा सहजीकरण गरिदिनु होला ।” उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । 

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने एक जना पाइलटको उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्