सम्पर्कविहीन भएका २९ प्रहरीलाई बर्खास्त गर्दै प्रधान कार्यालय

बिहीबार, साउन १०, २०८१
Honor 600 pro

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले २०८० चैत तथा २०८१ वैशाख र जेठदेखि आफू खुशी सम्पर्कविहीन भएका २९ प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन दोस्रो सूचना जारी गरेको छ।

कार्यालय सहयोगीदेखि प्रहरी नायब निरीक्षकसम्म २९ प्रहरी कर्मचारी आफू खुशी सम्पर्कविहीन रहेको भन्दै यसअघि पनि हाजिर हुन निर्देशन दिदा सम्पर्कमा नाअएकाले यसपटक ७ दिने सूचना जारी गर्दै तत्काल हाजिर हुन निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालयले तोकिएको समयमा हाजिर नभएको खण्डमा सेवाबाट हटाउमे चेतावनी दिदै अन्तिम पटक सूचना जारी गरेको जनाएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्