एआईजीमा बढुवा सिफारिस भएर डीआईजीमै घर गएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश

मंगलबार, साउन ८, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीको डीआईजीबाटै अवकाश भएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। प्रहरीको एआईजीमा बढुवा सिफारिस भएका पोखरेलले आफूलाई एआईजी नबनाएको भन्दै सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए।

पोखरेलले एआईजी बढुवामा  सिफारिस पर्दा समेत नियुक्ति नदिएका कारण डीआईजीबाटै अवकाश भएको भन्दै साउन ६ गरे  सर्वोच्च अदालत पेश गरेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न गरेको अस्वीकारलाई सर्वोच्च अदालत रिट गर्न आदेश दिएको हो। पोखरेल प्रशासनले रिट निवेदन दर्ता गर्न अस्विकार गरेकोविरुद्द दिएको निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंंगानाको इजलासले दर्ता गर्ने आदेश दिएको हो।

पोखरेललाई डीआईजी भएका बेला गत असार १० गते गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले  एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । तर पछि मन्त्रिपरिषद बैठकले निर्णय नगर्दा उनी फुली लगाउन नपाउँदै असार २० गते डिआइजीबाटै अवकास पाएका थिए।

उक्त पद एआईजी उमेशराज जोशी अवकाश हुँदा उनलाई सिफारिस गरिएको थियो। सोमबार मात्रै सरकारले डीआईजी रामदत्त जोशीलाई सोही पदका लागि बढुवा सिफारिस गरिसकेको छ।

 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्