चक्कु प्रहारबाट ग्यारेज सन्चालकको हत्या, दुई जना घाइते

आइतबार, साउन ६, २०८१
Honor 600 pro

रोल्पा  । रोल्पामा एक समूहले चक्कु प्रहार गरी एक युवकको मृत्यु भएको छ। चक्कु प्रहारबाट अर्का दुई जना घाइते भएका छन् ।

गएराति रोल्पा नगरपालिका-४ खाद्य टोलमा ग्यारेज सन्चालन गर्दै आएका कपिलवस्तुको वाणगंंगा नगरपालिका-२ घर भएका २८ वर्षीय शनि भनिने सुनील पुनको एक समूहको चक्कु प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका पुनकोको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पुरानो रिसिबीका कारण पुनलाई उनी बसेकै ठाउँमा गई अर्को एक समूहले चक्कु प्रहार गरेको हो।

प्रहरीले दिएको जानकारी अनुसार गएराति ९ बजे भएको आक्रमणमा अर्का दुई जना घाइते भएका छन् । उनीहरुको हात र टाउकोमा चोट लागेको छ।

रोल्पा प्रहरीले पुनको हत्या गर्ने समूहको पहिचान भइसकेको हुँदा प्रहरी टोलीले उनीहरुको खोजी गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्