ससुराली आएका आफ्नै भिनाजुको सालाले गरे गत्या

शनिबार, साउन ५, २०८१
Honor 600 pro

सोलुखुम्बु । घरमा पाहुना आएका आफ्नै भिनाजुको हत्या आरोपमा सालाले पक्राउ परेका छन् । सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाउँपालिका-१ नेले का ६० वर्षीय सुरेश बस्नेतलाई उनकै सालाले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले आफ्नै भिनाजुको हत्या गर्ने साला सोही गाउँपालिका-२  देविस्थानका ४५ वर्षीय पूूर्णबहादुर बस्नेतलाई पक्राउ गरेको हो। सोलुखुम्बु प्रहरीले पूर्णलाई आज पक्राउ गरेको जनाएको छ।

ससुराली आएका भिनाजु सुरेशको साला पूूर्णको खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका पूूर्णसँँग घटनाबारे थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्