नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा

शनिबार, साउन ५, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले आबश्यकता अनुसार काज सरुवा गरेको जनाएको छ।

Honor x7 pad

प्रहरी प्रधान कार्यालयका अनुसार  कर्णाली प्रदेश ट्राफिक कार्यालयका एसपी रामप्रकाश शाहको राष्ट्रिय सुरक्षा परिषद् को सचिवालय सिंहदरबारमा काज सरुवा भएको छ। एसपी शाहको स्थानमा तनहुँका एसपी अपिलराज बोहराको काज सरुवा भएको छ।

त्यस्तै प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखाका एसपी वीरेन्द्रबहादुर शाहीको तनहुँम काज सरुवा भएको छ। उदयपुरका एसपी रमेश थापाको अन्वेषण ,योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका एसपी हरिहरनाथ योगीको उदयपुर प्रहरी प्रमुखका रुपमा सरुवा भएको छ।

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्