बाँकेको गनापुरमा बसको ठक्करबाट एक महिलाको ज्यान गयो

शुक्रबार, साउन ४, २०८१
Honor 600 pro

बाँके । बाँकेमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको लु२ख ४६ नम्बरको बसले गनापुरमा ठक्कर दिदा जानकी गाउँपालिका-६ की ६५ वर्षीया कलावती भाटको ज्यान गएको हो।

बाटोमा पैदल हिडिरहेकी कलावतीलाई आज बसले ठक्कर दिएको बाँके प्रहरीले जनाएको छ। ठक्कर दिए लगत्तै बसले कलावतीलाई ब्याक गरेर किचेको आफन्तले प्रदर्शन गरेका थिए। 

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्