कांग्रेसले टुंग्यायो सबै मन्त्रीको नाम, लुम्बिनीबाट शुन्य

सोमबार, असार ३१, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा जाने मन्त्रीहरुको नामको टुंगो लगाएको छ।

Honor x7 pad

कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरुलाई सरकारमा पठाउँदै छ। 

कांग्रेसले सिंहसहित रमेश लेखक, आरजु देउवा, अजय चौरासिया, दीपक खड्का, प्रदिप पौडेल,बद्री पाण्डे, रामनाथ अधिकारी, तेजुलाल चौधरी र ऐनबहादुर शाहीलाई सरकारमा पठाउन लागेको हो।

सबै प्रदेशबाट कांग्रेसले मन्त्री छन्दा यसपटक लुम्बिनी प्रदेशले कुनै मन्त्री नपाएको हो।

कांग्रेसबाट सरकारमा जान लागेका मध्येमा संस्थापन पक्षबाट सिंह, आरजु, लेखक, अजय, ऐनबहादुर, शासांक कोइराला पक्षबाट खड्का र शेखर-गगनबाट पौडेल, पाण्डे, अधिकारी र चौधरी हुन् ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्