एमालेले टुंगो लगायो मन्त्रीहरुको नाम, विष्णु पौडेल अर्थमन्त्री

सोमबार, असार ३१, २०८१
honor mob  winter sales

काठमाडौं । नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। एमालेले ८ मन्त्री पाएकोमा उपाध्यक्ष विष्णु पौडैल अर्थमन्त्री, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि  , दुईजना सचिव योगेश भट्टराई र छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय सदस्य विद्या भट्टराईलाई मन्त्री बनाउने तयारी रहेको एक जना एमालेका पदाधिकारीले जानकारी दिए। 

Honor x7 pad

त्यस्तै केन्द्रीय सदस्य जुली महतो र दामोदार भण्डारीलाई पनि मन्त्री बनाउने तयारी छ। भण्डारी यसअघि पनि मन्त्री थिए।

पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने टुंगो लागेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनले नामहरू केही हेरफेर हुनसक्ने बताए। पौडेल यसअघि २०७२ र २०७४ मा अर्थमन्त्री बनेका थिए

एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला‍, शिक्षा, भूमि व्यवस्था, सञ्चार तथा सूचना प्रविधि र उद्योग मन्त्रालय पाउने सहमति भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे शपथ ग्रहण गर्नेछन्। उनको शपथसँगै मन्त्रीहरूको सपथ पनि गराउने तयारी छ। कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरुलाई सरकारमा पठाउँदै छ। कांग्रेसले सिंहसहित रमेश लेखक, आरजु देउवा, अजय चौरासिया, दीपक खडका, प्रदीप पौडेल ,तेजुलाल चौधरी, ऐनबहादुर शाही, हृदयराम थानी र रामनाथ अधिकारीको नामको टुंगो लगाएको हो।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्