दंगीशरण-७ स्थित बुटनिया योग हलको उद्घाटन

सोमबार, असार ३१, २०८१
honor mob  winter sales

दाङ । दाङको दंगीशरण-७ को बुटनियामा नवनिर्मित योगहल भवनको उद्घाटन  गरीएको छ। आज एक कार्यक्रमकाबीच दंगीशरण गाउँपालिकाबाट बिनियोजित १० लाख रुपैयाबाट निर्माण सम्पन्न भएको योगहलको गाउँपालिका अध्यक्ष शम्भु गिरीबाट विधिबत रुपमा उद्घाटन गरीएको हो ।

Honor x7 pad

भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गिरीले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योग अपरिहार्य रहेको बताए ।समाजमा पछिल्लो समय मानसिक रोगेरको संख्यामा वृद्धि हुँदै गएकोप्रति दुख ब्यक्त गर्दै मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न योगमा जोडिन आवस्यक रहेको बताए ।

उद्घाटन गरिएको योगहल योगका लागि मात्र नभई दंगीशरण ७ मा हुने हरेक सार्वजनिक कार्यक्रम गर्नका लागि समेत रहेको गिरीले  बताए ।रोग शोक र भोगको निराकरण गर्ने एकमात्र उपाय योगनै रहेको बताउँदै अध्यक्ष गिरीले आफु निर्वाचित भएर आइसकेपछि  एक वडा एक योगहल निर्माणको अबधारणा अनुरुप आफू अगाडिि  बढेको समेत जानकारी दिए ।

भवन उद्घाटन अवसरमै बोल्दै वडा नम्बर ७ का वडा अध्यक्ष रेशम वलीले योगहल निर्माणले बिहान योग प्रणायाम र दिउँसोको समयमा जुनसुकै कार्यक्रम गर्नमिल्ने गरि योगहलको निर्माण भएको बताए ।आफू समेत योगमा जोडिने बताउने वडा अध्यक्ष वल्र्‍ले सवैमा योग प्रणायाम र ध्यानको महत्त्ववारे बुझेर समाजलाई स्वस्थ र संस्कारयुक्त बनाउन लागि पर्न आग्रह गरेका छन्  ।

कार्यक्रममा पतन्जली योग समिति दाङका जिल्ला सह प्रभारी बिनोद चौधरीले  योगको फाइदा र यसको महत्त्वबारे प्रस्ट पारेका थिर। सह प्रभारी चधरीले योगको वारे बोलेर भन्दा पनि अभ्यासबाट मात्र पुरा हुने बताए।

कार्यक्रममा माध्यामिक विधालय श्रीगाउँका शिक्षक दिपकनाथ योगी ,पतनजली योग समिति दंगीशरणका प्रभारी दिपक बिष्ट ,नगर सह प्रभारी ओझ बहादुर खड्का,सिद्ध पृथ्वी जनता माध्यमिक विधालय श्रीगाउँका प्रधानाध्यापक श्रीधर शर्मा लगायतले आ-आफ्नो भनाइ राखेका थिए ।

उद्घाटन कार्यक्रम वडा नम्बर  ७ का वडा अध्यक्ष  वलीको अध्यक्षता, गाउँपालिका अध्यक्ष गिरीको प्रमुख आतिथ्यता तथा पतन्जली योग समिति दाङका जिल्ला सह प्रभारी  चौधरीको विशिष्ट आतिथ्यमा भएको थियो ।

योग भवनका सचिव पदमराज आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पतन्जली योग समितिका सचिव कुलराज देवकोटाले गरेका थिए।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्