केपी ओली प्रधानमन्त्रीमा नियुक्त

आइतबार, असार ३०, २०८१
Honor 600 pro

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा  ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमाले अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । शुकवारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि त्यसै दिम राष्ट्रपति पौडेल धारा ७६(२) बमोजिम दुई वा सो भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।

राष्ट्रपतिको आह्वान लगत्तै नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए। प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको शपथ भोलि बिहान ११ बजे राखिएको छ।

 

 

 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्