श्रीमतीको हत्या गरी नाबालक छोरा लिएर श्रीमान फरार

आइतबार, असार ३०, २०८१
Honor 600 pro

नेपालगन्ज । श्रीमानले श्रीमतीको हत्या गरेर छोरा लिई फरार भएका छन् । रुकुम पूूर्वको भुमे गाउँपालिका-६ का २७ वर्षीय जीवन ओलीले आफ्नै २५ वर्षीया श्रीमती अप्सरा ओलीको खुकुरी प्रहरी गरि हत्या गरेको प्रहरीले जनाएको छ।

एक स्थानीयले प्रहरीलाई फोन गरेर जीवनले आफ्नी श्रीमती अप्सरालाई खुकुरी प्रहार गरेको घटनाका बारेमा जानकारी गराएका थिए। खबर पाए लगत्तै गएको प्रहरी टोली अप्सरालाई घरदेखि बाहिर मृत अवस्थामा फेला पारेको जानकारी दिएको छ।

प्रहरीका अनुसार जीवनले अप्सराको घाँटीमा खुकुरी प्रहार गरि हत्या गरेका थिए। श्रीमतीको हत्या गरेर ६ वर्षीय छोरालाई आफैसँँग लिएर जीवन फरार भएको प्रहरीले जनाएको छ।

रुकुम पूूर्व प्रहरीले छोरालाई लिएर फरार जीवनको खोजतलास गरिरहेको जानकारी दिएको छ।

 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्