मन्त्री छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

शनिबार, असार २९, २०८१
honor mob  winter sales

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने नयाँ सरकारमा जाने मन्त्रीहरु छान्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आज  २ बजे पार्टी मुख्यालय बीपीनगर सानेपामा बस्ने बैठकले मन्त्री छान्ने मापदण्ड बनाउने छ। 

Honor x7 pad

बैठकमा आइतबार गठन हुने नयाँ सरकारमा पार्टीबाट पठाउने मन्त्रीहरुको बारेमा छलफल हुने जनाइएको छ।सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा लगायतले बसेर एउटा खाका बनाइरहेको बुझिन्छ । 

सोही खाकाअनुसार पार्टीबाट समावेशी आधारमा सरकारमा सहभागीता जनाउने बताइएको छ । 

रमेश लेखक गृह र आरजू राणा देउवा परराष्ट्र मन्त्री भएर सरकारमा जाने लगभग तय रहेको छ । 

अन्यबारे छलफल जारी रहेको बताइएको छ । देउवाले यसपालि पार्टीको नेतृत्व गरेर जान महामन्त्री गगनकुमार थापालाई आग्रह गरेको भए पनि थापाले भने पार्टीका कामहरु बाँकी रहेकाले सरकारमा नजाने बताइसकेका छन् । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्