नेपालगन्जबाट साढे २४ लाख रुपैयाँसहित ४ जना हुण्डी कारोबारी पक्राउ

शनिबार, असार २९, २०८१
Honor 600 pro

बाँके । जिल्ला प्रहरी बाँकेले साढे २४ लाख रुपैयाँ बढीसहित हुण्डी कारोबारमा संंलग्न चार जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेको टोलीले नेपालगन्ज-१२ बेलासपुरको एक घर भाडामा लिएर  नविल रेफ्रिरिजेरेटर एण्ड एयर कण्डिशन वर्कशप नामको टिभी, फ्रिज मर्मत गर्ने पसलबाट ४ जनालाई पक्राउ गर्दै २४ लाख ६२ हजार ३१५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

प्रहरीले उक्त पैसासहित नेपालगन्ज-१८ का २९ वर्षीय राकेश भुजु श्रेष्ठले , नेपालगन्ज-३ का २५ वर्षीय २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर-७ का २९ वर्षीय निमबहादुर बोहरा र कन्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका-७ घर भएर हाल नेपालगन्ज-३ बस्ने ३० वर्षीय राहुल देवललाई शुक्रवार पक्राउ गरेको जानकारी दिएको छ।

प्रहरीले उनीहरुको साथबाट हिसाबकिताब राखिएको कापी, विभिन्न व्यक्तिको नाममा पैसा पठाएको भौचरहरु बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ। 

पक्राउ परेका उनीहरु चारै जनासँँग थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जानकारी दिएको छ।


 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्