बेचन झा र प्रतीक थापा पक्राउ परेकै कारण सरकार ढालिएको हो: रवि लमिछाने

शुक्रबार, असार २८, २०८१
honor mob  winter sales

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा र प्रतीक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताए । उनले केही नियुक्ति, बेचन झा र प्रतीक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको बताए । 

Honor x7 pad

उनले अदालतले पक्राउ पुर्जी जारी गरेको मान्छेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिले भेटेको भन्दै सुशासनको अपेक्षा गर्ने भनि प्रश्न समेत गरे। उनले संसदीय समितिमा कांग्रेस एमालेको बहुमत पुग्ने भन्दै आफूलाई सहकारी ठग प्रमाणित गरेर कारबाही गर्न चुनौती दिए । 

उनले भने– ‘फाइल खुलेको २४ घण्टामा सरकार ढाल्नुभयो। कसरी खोल्ने फाइल रु सरकार के कारणले ढल्यो ? हाम्रो सहमति के भयो भनेर तपाईँहरूले सदनलाई ढाट्नुभयो । यो देशको बच्चा बच्चालाई थाहा छ सरकार किन ढल्यो रु यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो ? स्पष्ट छ । केही नियुक्ति र बेचन झा, प्रतीक थापाको पक्राउ बाहेक यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन । तपाईँहरूले आफुले गरेको सहमति खल्तीमा हाल्नुभएको छ । देखेका छैनौँ । मलाई दुःख लाग्छ राज्य व्यवस्था तथा सुशासन समितिका सभापति अदालतले पक्राउ पुर्जी जारी गरेको अदालतलाई भेट्न गएर भन्नुहुन्छ, म तपाईँको पक्षमा छु । तिनीहरूले गलत गरे म तिनीहरूलाई ठिक पार्छु भनेर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति सिंगो पार्टीको सांसद बोकेर जानुहुन्छ । सुशासनको अपेक्षा गर्ने रु अब त संसदीय समितिमा पनि तपाईँहरूको बहुमत भयो होला। अब त मलाई ठग प्रमाणित गर्न तपाईँहरूलाई कुनै आपत् पनि पर्दैन होला । गर्नुस् ठग प्रमाणित । यो देशमा कोही न कोही त जेल जानैपर्छ । सुरुवात् म बाट गर्नुस् म तयार छु । तर सत्यबाट विमुख हुनेवाला छैन । कोही न कोही त जेल जानैपर्छ । सुरुवात मबाटै गर्नुस् । मैले औपचारिक उद्घाटन गरे नेपालगञ्जमा एउटा जेल। भ्रष्टलाई जेल हाल्छु । सुशासनको एजेण्डा लिएर । यो व्यवस्था जोगाउनको निम्ति ज्यान दिन तयार छौँ । यसलाई तलमाथि पार्न दिँदैनौँ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्