प्रधानमन्त्रीले तीन-तीन महिनामा विश्वासको लिने अवस्था रोक्न नयाँ सहमति भएको:रमेश लेखक

शुक्रबार, असार २८, २०८१
honor mob  winter sales

काठमाडौं । राजनीतिक स्थिरताका लागि काँग्रेस र एमाले एक ठाउँमा आएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

Honor x7 pad

आज प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै लेखकले प्रधानमन्त्रीले ३-३ महिनामा विश्वासको मत लिने अवस्था रोक्न नयाँ सहमति गरिएको स्पष्ट गरेका हुन्।

उनले सरकारमा बसेर फाइल खोल्छु भनेर स्टन्ट मात्र गरिएको भन्दै सुशासन कायम गर्न नसकेको बताउँदै नयाँ सरकारले सुशासन दिने काम गर्न नयाँ सहमति गरिएको बताए।

लेखकले संविधान प्रारम्भ भएको आठ वर्षभन्दा बढी समय भएको बताउँदै संविधान प्रारम्भ भए पश्चात् यसका राम्रा र नराम्रा पक्ष हेरेर नराम्रा विषयलाई सुधार गर्ने भनेको बताए। उनले अग्रमनका लागि संविधान संशोधन गर्ने स्पष्ट गरे।

लेखकले नेपालको राजनीतिमा काँग्रेस रहेसम्म समावेशिता कमजोर नहुने दाबी गर्दै त्यसमा आशङ्का व्यक्त नगर्न आग्रह गरे। उनले संविधान छुनै नहुने विषय नभएको उल्लेख गर्दै लेखकले संविधानमा नै १० वर्षमा पुनरावलोकन गर्ने विषय उल्लेख रहेको बताएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्