केपीमाथि खनिदै प्रचण्डले भने- संसद विघटन गर्ने बानी परेकाले मलाई नैतिकता नसिकाए हुन्छ

शुक्रबार, असार २८, २०८१
Honor 600 pro

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले आफूमाथि नै लगाएको नैतिकताको आरोपको खण्डन गरेका छन् ।

सरकारको समर्थन फिर्ता लिएपछि राजीनामा नदिएको भन्दै नैतिकतामाथि एमालेले प्रश्न उठाएको थियो । उनले ‘आफू अल्पमतमा परेपछि संसद् विघटनसम्म गर्नेले आफूमाथि नैतिकताको पाठ नसिकाए हुन्छ भन्दै’ एमालेको प्रश्नको जवाफ दिए । 

दाहालले समर्थन फिर्ता लिएपछि दीर्घकालीन महत्वका निर्णय नगर्न दिएको चेतावनीबारे समेत आपत्ति जनाए। ‘अल्पमतमा परेपछि तपाईँले कस्ता कस्ता निर्णय गर्नुभएको थियो, त्यो इतिहासमा सुरक्षित छ,’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इङ्गित गर्दै उनले भने । 

प्रधानमन्त्री दाहालले अहिले दुई ठूला दलहरूबिचको सहमतिको समय, ठाउँ र मिल्नुको कारणले यो कति स्वाभाविक छ भन्ने प्रश्न समेत उठाए । दुई दलबीच व्यवसायी रामेश्वर थापाको घरमा मध्यरातमा सहमति भएको थियो । उनले काँग्रेस र एमालेलाई डरले जोडेको समेत उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्