बुटवलमा ३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

मंगलबार, साउन ९, २०८०
honor mob  winter sales

काठमाडौं।  इलाका प्रहरी कार्यालय बुटवलमा  व्यवसायीको ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगहादुर केसीलाई बर्खास्त गरिएको छ। 

Honor x7 pad

उनलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले बर्खास्त गरेको हो। उनलाई भविष्यमा कुनै पनि सरकारी सेवामा अयोग्य नहुनेगरीबर्खास्त गरिएको हो। 

हेडक्वाटरले गरेको आन्तरिक छानबिनका क्रममा गम्भीर गल्ती गरेको देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने भन्दै गृहलाई सिफारिस गरेको थियो। 

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने राय दिएपछि सोही अनुसार बर्खास्तका लागि भन्दै गृह मन्त्रालयलाई प्रहरी हेडक्वाटरले पत्राचार गरेको थियो।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्