प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई कांग्रेसको ह्विप

बिहीबार, असार २७, २०८१
Honor 600 pro

काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका आफ्नो दलका सांसदलाई निर्देशन दिएको छ । 

प्रधानमन्त्री दाहालले यही असार २८ गते बिहान ११ बजे प्रारम्भ हुने  प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन,  तटस्थ नरहन र प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको हो । पार्टीका प्रमुख सचेतक रमेश लेखकले उक्त निर्देशन जारी गरेका हुन्। 

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्षसमेत प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन्। 

उनलाई समर्थन गरेको नेपाल कम्युनिष्ट पार्टी एमालेले समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्  । 

संसद्को सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो एमालेले यही असार १७ गते आलोपालो सरकारको नेतृत्व लिनेगरी नयाँ सरकार गठनको सहमति गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्