नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन: प्रजातान्त्रिक प्यानलको सचिवालय उद्घाटन

मंगलबार, साउन ९, २०८०
honor mob  winter sales

नेपालगन्ज । प्रजातान्त्रिक उद्योग व्यवसायी संघ बाँकेले नेपालगन्जमा प्रचारप्रसार प्रसार सचिवालय खोलेको छ ।

Honor x7 pad

यही  भदौ २ गते हुने नेपालगंज उद्योग बाणिज्य संघको निर्वाचनलाई लक्षित गरी संघले सचिवालय खोलेको हो । सचिवालयको नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अच्युत प्रसाईंले उद्घाटन गरेका हुन् । 

प्रजातान्त्रिक उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको अध्यक्षतामा सम्पन्न सचिवालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी 'चुन्ना', प्रजातान्त्रिक उद्योग व्यवसायी संघका तर्फबाट अध्यक्षका उम्मेदवार ललित रौनियार लगायतले बोलेका थिए । 

प्रमुख अतिथि प्रसाईंले प्रजातान्त्रिक उद्योग व्यवसायी संघका तर्फबाट उम्मेदवार बनेका सबैलाई एक ढिक्का भएर जिताउन आग्रह गरे । उनले विगतमा अप्ठ्यारो परिस्थितिमा पनि प्रजातान्त्रिक उद्योग व्यवसायी संघका उम्मेदवारले जितेको स्मरण गराउँदै अहिले झन सहज परिस्थिति भएकाले जीत सुनिश्चित रहेको दाबी गरे । प्रसाईंले तन, मन र वचनले आफ्ना उम्मेदवारहरुलाई जिताउन आह्वान गरे । 

प्रजातान्त्रिक उद्योग व्यवसायी संघ बाँकेका उपाध्यक्ष ध्रुब दाहालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव हिमनाथ पौडेलले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्