घर भत्किँदा च्यापिएर डोटीमा एक महिलाको मृत्यु

शनिबार, असार २३, २०८०
honor mob  winter sales

दिपायल  । डोटीस्थित  दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ गैरामा घर भत्किँदा एक जना महिलाको मृत्यु भएको छ।

Honor x7 pad

गए राति एकतले घरमा सुतिरहेकी ३० वर्षीया गंगा मालासीको  घर घर भत्किँदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घर भत्किँएको खबर पाए लगत्तै उद्दारका लागि गएको प्रहरी टोलीले अथक प्रयास गरेपनि गंगालाई बचाउन सकेन। 

प्रहरीले उनको शवलाई आज बिहान मात्र निकाल्न सफल भएको जिल्ला प्रहरी डोटीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्