वर्षौदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

बिहीबार, असार २७, २०८१
Honor 600 pro

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागुऔषध र चोरी मुद्धाका छुट्टाछुट्टै दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला अदालत रुपन्देहीबाट लागुऔषध मुद्धाका दोषी ठहर हुँदै  १ वर्ष जेल सजाय पाएका देवदह नगरपालिका वडा नं. ८ बस्ने टल्के श्याम भन्ने श्याम गुरुङलाई पक्राउ गरेको रुपन्देही प्रहरीले जानकारी दिएको छ। उनी फरार रहेर लुकिछिपी बस्दै आएका थिए।

त्यस्तै चोरी मुद्धामा दोषी ठहर भएका रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ३ का  विनय थारुलाई पनि प्रहरीले पक्राउ गरेको छ। रुपन्देही अदालतले उनलाई २० दिन कैद र ३ हजार रुपैयाँको फैसला गरेयता उनी फरार थिए।

सजाय पाएर गुरुङ ७ वर्ष र चौधरी ६ वर्षदेखि फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्