माछापुच्छ्रे बैंकको एटिएम फोड्दै गरेको अवस्थामा दुई युवक पक्राउ

बुधबार, असार २६, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौंबाट एटिएम मेसिन फोडेर पैसा लुट्न खोज्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत बुढानिलकण्ठले आज बिहान ३ बजे बुढानिलकण्ठ नगरपालिका-३ रुद्रेश्वर चोकको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड फोडेको आरोपमा नुवाकोट घर भई हाल बुढानिलकण्ठ बस्ने ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको छ।

एटिएम फोडेर पैसा लुट्न लागिएको खबर प्रहरीले पाएपछि तत्कालै गएको महाराजगन्ज प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रहरीले उनीहरुको साथबाट एटिएम फुटाउन ल्याएको रड समेत बरामद गरेको छ।

 

 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्