दीपक गिरी शेखर कोइराला समूहबाट मन्त्री बन्दै

बुधबार, असार २६, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता दीपक गिरी कांग्रेस-एमालेको नयाँ सत्ता समीकरणमा  मन्त्री बन्ने भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय  सदस्यसमेत रहेका सांंसद गिरी डा.शेखर कोइराला समूहबाट मन्त्री बन्न लागेको कांग्रेस निकट श्रोतले जानकारी दिएको छ।

Honor x7 pad

श्रोतका अनुसार कोइराला समूहबाट मन्त्री बन्ने पक्कापक्की भएका सांंसद गिरीले कुन मन्त्रालय पाउने भन्ने अझै खुलाइएको छैन । 

यता सांंसद गिरीले भने-"आफ्नो चाहना भए पनि पार्टीको निर्णयलाई भने स्विकार गर्छु भने पनि कोइराला निकट श्रोतले गिरीको मन्त्री बन्ने समूहबाट निश्चित भएको बताएको छ। 

लामो राजनीतिक पृष्ठभुमि बोकेका सांंसद गिरीको कोइराला परिवारसँँग ऐतिहासिक सम्बन्धसमेत रहेको छ।

लोकतान्त्रिक आन्दोलनका लागि पटकपटक जेल बसेका र  निर्वासित भएका सांंसद गिरी  विद्यार्थी जीवनबाट नेविसंघको राजनीतिमा आएका थिए।  सांंसद गिरी पूूर्व सिंचाइमन्त्रीसमेत हुन् । लोकप्रिय, विकासप्रेमी र सहयोगी मनका गिरीले युवाहरुका मुद्धाहरुका बारेमा हरपल कुरा उठाउदै आएका छन् ।

सांंसद गिरी २०७९ मा सम्पन्न दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्