रास्वपाले खोस्यो मुकुलको सबै जिम्मेवारी, उनले भने-रवि लामिछाने क्लबबाट निष्कासित भएको मात्र हुँ,घण्टी बज्न रोकिँदैन

मंगलबार, असार २५, २०८१
Honor 600 pro

काठमाडौं । आफ्नै पार्टीका महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकाललाई कारबाही गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  सभापति तथा सरकारका उपप्रधान तथा गृहमन्त्री लामिछानेले मुकुललाई साधारण सदस्य मात्र रहने गरि अरु पदीय जिम्मेवारीबाट हटाएका हुन् ।

आज बसेको रास्वपा केन्द्रीय समितिबाट निर्णय गर्दै सभापति लामिछानेले पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा मुकुललाई महामन्त्री र प्रवक्ताबाट हटाइएको सहप्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रास्वपाले ढकाललाई पार्टीको आचारसंंहिता उल्लंघन गरेको र पार्टीलाई क्षति पुर्याएको भन्दै सदस्य पददेखि जिम्मेवारी दिइएका सबै पदबाट मुक्त गरेको झाले बताए।

ढकालले आफुलाई गरिएको कारबाही चित्त नबुझेको खण्डमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा निवेदन दिन सक्ने केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ।

पार्टीले दिएको सबै जिम्मेवारीबाट पदमुक्त गरिएपछि मुकुलले 'आफू रवि लामिछाने क्लबबाट मात्र निष्कासन भएको हुँ', रास्वपाभित्र घण्टी बज्न रोकिँदैन भन्ने प्रतिक्रिया दिएका छन् ।

 

 

 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्