बाँकेको बालसुधार गृहमा झडप हुँदा फरार भएका ६३ जना पक्राउ, २ अझै फरार

मंगलबार, असार २५, २०८१
Honor 600 pro

नेपालगन्ज । बाँकेको बालसुधार गृहमा झडप भएर फरार भएका ६५ जना मध्ये २ जना अझै सम्पर्कविहीन भएका छन् ।

जिल्लाको डुडुवा गाउँपालिकास्थित हिरमिनियामा रहेको जयन्दु बालसुधार गृह सोमबार साँझ भएको दुई पक्षीय झडपका क्रममा ६५ जना त्यहाबाट भागेका थिए। उनीहरुको मध्ये ६३ जनालाई गए राति र आज बिहानसम्ममा नेपालगन्ज र डुडुवाका विभिन्न  स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेका डीएसपी नारायण डाँँगीले बताए। 

त्यस्तै फरार रहेका दुई जनाको खोजी कार्य जारी रहेको र उनीहरु जान सक्ने सम्भावित स्थानमा समेत सोधखोज हुनुका साथै सीमा नाका तथा भारतको सीमावर्ती बजारमासमेत खोजी भइरहेको डाँगीले जानकारी दिएका छन् ।

उनका अनुसार झडपको नेतृत्व गरेको आरोपमा ११ जनालाई मुद्धा चालाउने तयारी गरिएको छ।

उक्त बालसुधार गृहमा १८ वर्ष भन्दा बढी उमेर समूहका युवाहरु धेरै रहेका कारण बारम्बार झडप हुँदै आएको छ। यसअघि पनि जयन्दु बालसुधार गृहमा दुई समूहबीच झडप भएको थियो। 

झडपको घटनाबारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्