विराटनगरमा एक युवकको हत्या, दुई युवक गम्भीर घाइते अवस्थामा फेला परे

मंगलबार, असार २५, २०८१
honor mob  winter sales

विराटनगर । विराटनगरको नेपाल टेलिकम नजिक एक युवकको हत्या भएको छ भने दुई युवक गम्भीर घाइते अवस्थामा फेला परेका छन्। मोरङ प्रहरीले मृतक र गम्भीर घाइते दुई युवकको शरीरमा धारिलो हतियार प्रहार भएको जनाएको छ।

Honor x7 pad

प्रहरीका अनुसार विराटनगर महानगरपालिका-२ स्थित नेपाल टेलिकम नजिक गएराति तीन युवक गम्भीर घाइते अवस्थामा फेला परेका थिए। स्थानीयहरुले उद्धार गरेर अस्पताल लगेका तीन जनामध्ये मृत्यु भएका कटहरी गाउँपालिका- १जमटोकीका २१ वर्षीय करण कामत हुन् । अन्य दुई युवकहरुमा सोही स्थानकै १७ वर्षीय अमन राय र २२ वर्षीय विक्रम मण्डल गम्भीर घाइते भएर अस्पताल उपचाररत छन् ।

घाइतेहरुको उद्धार गरेर नोवेल शिक्षण अस्पताल लगिएका करणको मृत्यु भएपछि मात्रै प्रहरीले जानकारी पाएको बताएको छ। प्रहरीका अनुसार मृतक करणको छाती र कम्मरमा चक्कु प्रहार भएको छ।अरु दुई युवकको शरीरका भागहरुमा चक्कु प्रहार भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको कोखा र ढाडमा चक्कु हानिएको छ।

उनीहरुलाई किन आक्रमण गरेको भन्ने बारेमा अझै केही खुलिनसकेको बताए पनि प्रहरीले घटनास्थलबाट एउटा मोबाइल बरामद गरेको जनाएको छ। प्रहरीले घटनामा संंलग्न भएको आशंंकामा तीन जनलाई पक्राउ गरेको जानकारी दिएको छ। घटनाबरे अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको  छ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्