आज प्रतिनिधि सभा बैठक, यस्तो छ कार्यसूची

मंगलबार, असार २५, २०८१
Honor 600 pro

काठमाडौं । आज  प्रतिनिधि सभा बैठक बस्दै छ। आज बिहान ११ बजे बस्ने बैठकमा थारु आयोगको ५ औं वार्षिक प्रतिवेदनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने कार्यसूूची रहेको छ।

त्यसैगरी अर्थमन्त्री वर्षमान पुन राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार ( पहिलो संंशोधन) विद्येयक २०८१ प्रस्तुत गर्ने सम्भावित सूची रहेको छ।

बैठकमा जलस्रोत विधेयक २०८१ दफावार छलफलका लागि उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संंसद सचिवालयले जनाएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्