त्रिभुवन विमानस्थल भन्सार प्रमुख पोखरेल मन्त्रालय तानिए, पाण्डेलाई प्रमुख बनाइयो

मंगलबार, साउन ९, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बाहिरिएको १ क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई हटाइएको छ।

Honor x7 pad

सुन तस्करी प्रकरणमा छानबिनका लागि अर्थ मन्त्रालयले भन्सार प्रमुख पोखरेललाई हटाएर मन्त्रालयका सहसचिव टोकराज पाण्डेलाई विमानस्थलको भन्सार कार्यालयको प्रमुख बनाएको छ।

पोखरेल भन्सारबाट हटाइएर मन्त्रालय तानिएका हुन्। भन्सार प्रमुख बनाइएका पाण्डे आइतबार मात्रै किताबखानाबाट मन्त्रालय सरुवा भएका थिए।

 

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्