घोराही जाँदै गरेको स्कार्पियोलाई बाढीले बगायो

मंगलबार, साउन ९, २०८०
honor mob  winter sales

तुलसीपुर । तुलसीपुरस्थित खोलामा आएको बाढीले एउटा जीप बगाएको छ। 

Honor x7 pad

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियोलाई तुलसीपुर-१४ जनकपुरमा खोलामा आएको बाढीले बगाएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ।

आज बिहान पौंने ११ बजेतिर बाढीले बगाएको स्कार्पियोलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

खोलाले बगाएको स्कार्पियोमा  चालक मात्रै रहेको हुँदा  उनको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्