६७ सांसदको समर्थनमा मधेसका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

शनिबार, असार २२, २०८१
Honor 600 pro

जनकपुर। मधेसका मुख्यमन्त्री  सतिशकुमार  सिंहले विश्वासको मत पाएका छन् ।  आज बसेको मधेस प्रदेश सभा बैठकबाट मुख्यमन्त्री सिंहलाई ६७ सांंसदले विश्वासको मत दिदा ३४ सांंसद विश्वासको मतको विपक्षमा उभिएका थिए।

कुल १०७ सदस्यीय मधेस प्रदेश सभामा मुख्यमन्त्री सिंहलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपाका सांंसदहरुले विश्वासको मत दिएका थिए।

गत जेठ २५ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत समर्थनमा मुख्यमन्त्री सिंहलाई माओवादी र एसले पार्टीले विश्वासको मत दिएनन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सत्ता समीकरण बनेपछि माओवादी र एसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिएका थिए।

 

 

 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्