बलात्कारको आरोप लागेका व्यक्तिलाई पक्राउ गर्न गएको प्रहरीले उनकै घरबाटै बरामद गर्‍यो बन्दुक

शनिबार, असार २२, २०८१
Honor 600 pro

सल्यान । सल्यानमा बलात्कार आरोप लागेका एक व्यक्तिलाई पक्राउ गर्न गएको प्रहरीले बन्दुक बरामद गरेको छ।

जिल्लास्थित त्रिवेणी गाउँपालिका-३ टाटकेका ४२ वर्षीय टोपबहादुर वलीलाई पक्राउ गर्न गएको सल्यान प्रहरीले उनको घरबाट उनलाई नियन्त्रणमा लिदै बन्दुकसमेत बरामद गरेको जनाएको छ।

वलीले असार १९ गते राति ४३ वर्षीया एक महिलाको घरमा गएर कोही नभएको मौकामा बलात्कार गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको सल्यान प्रहरीले जानकारी दिएको छ। घटना हुँदा महिलाका श्रीमान बाहिर रहेको प्रहरीले जानकारी दिएको छ।

बलात्कार भएको भोलिपल्टै असार २० गते महिलाले इलाका प्रहरी कार्यालय लुहाममा वलीविरुद्ध दिएको बलात्कारको जाहेरीका आधारमा पक्राउ गर्न गएको प्रहरीले घरमा खानतलासी गर्दा भरुवा बन्दुक बरामद गरेको हो।

सल्यान प्रहरीले पक्राउ परेका वलीसँँग दुबै मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।

 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्