आज दिउँसो कांग्रेस संसदीय दलको बैठक बस्दै

शनिबार, असार २२, २०८१
honor mob  winter sales

काठमाडौं । आज दिउँसो नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।  बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो ३ बजे बस्न लागेको छ।

Honor x7 pad

यही असार १७ गते नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिन सङ्घीय संसद्लाई जानकारी गराएका छन् । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्