नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित

शुक्रबार, असार २१, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा आएर फेरि स्थगित भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले आज एक विज्ञप्ति जारी गर्दै यही शनिबारका लागि तोकेको निर्वाचन स्थगित भएको जनाएको हो ।

Honor x7 pad

सहज वातावरण बन्न नसकेको भन्दैब निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ निर्वाचन कार्यतालिका बमोजिम कार्यक्रम अगाडी बढिरहेको अवस्थामा तत्काल सिर्जित असहज वातावरणका कारण निर्वाचन प्रक्रिया अगाडी बढाउन नसकिने भनि यसअघि नै सुचना प्रकाशन गरिएको विदितै छ । निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ । नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ ।’

यसअघि जेठ २६ गतेका लागि तोकिएको निर्वाचन पनि महासंघले अन्तिम समय स्थगित गरेका थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्