बैंकिङ कसुर मुद्दामा करिब २६ लाख जरिवाना गरिएकी फरार महिला प्रतिवादी पक्राउ

शुक्रबार, असार २१, २०८१
honor mob  winter sales

रुपन्देही । रुपन्देही प्रहरीले बै‌किङ कसूर मुद्धामा लाखौं रुपैयाँ जरिवाना पाएर फरार भएका एक जना प्रतिवादीलाई  पक्राउ गरेको छ।

Honor x7 pad

उच्च अदालत तुलसीपुर बुटवल इजलासको २०७६ पुस १६ गतेको फैसलाले बैंकिङ कसुरमा दोषी ठहर गर्दै २५ लाख ९२ हजार रुपैयाँ जरिवानाको सजाय पाएर फरार भएका ओमसतिया गाउँपालिका-४ का यशुदा भट्टराईलाई पक्राउ गरेको जनाएको छ।

बिहिवार पक्राउ परेका प्रतिवादी भट्टराईलाई आज आबश्यक कारबाहीका लागि जिल्ला अदालत रुपन्देहीमा पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्