कोरोना कहरमा उत्कृष्ट कार्य गरेका डा.प्रकाश थापा फेरि भेरी अस्पतालको मेसु नियुक्त

शुक्रबार, असार २१, २०८१
Honor 600 pro

बाँके । कोरोना कहरमा भेरी अस्पताल नेपालगन्जको तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट रहदा अब्बल कार्य गरेका डा.प्रकाशबहादुर थापालाई स्वास्थ्य मन्त्रालयले पुन: भेरी अस्पतालको मेसुको जिम्मेवारी दिएको छ।

मन्त्रालयले अहिलेका मेसु डा.पवनजङ्ग रायमाझीलाई मन्त्रालय फिर्ता बोलाउदै डा.थापालाई मेसुमा नियुक्त गरेको हो।

यसअघि मेसु हुँदा भेरी अस्पतालको कार्य सम्पादन  मुल्यांकनमा उत्कृष्ट बनाउन अहम भूमिका खेलेका पश्चिम क्षेत्रका वरिष्ठ अर्थोपेडिक डा.थापा प्रशासनिक कार्य गर्न पनि उत्तिकै माहिर मानिन्छन् । सबैका प्रिय मानिने डा.थापालाई प्रियपात्रका रुपमा लिने गरेका छन्।

यसअघि दुई पटक भेरी अस्पतालको मेसु भइसकेका डा. थापाको उत्कृष्ट कार्य, अस्पताल प्रतिको लगाब,इमानदारीता र सेवाग्राहीसँँग गर्ने सुमधुर व्यवहार लगायतका कारण तेस्रो पटक स्वास्थ्य मन्त्रालयले उनलाइ मेसु बनाएको हो।

कोरोना कहरमा डा.थापाको उत्कृष्ट कार्यकौशलतालाई उच्च कदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित गरेकी थिइन् ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्