ललितपुरमा भारतीय नागरिकको फ्ल्याटमा छापा: ५० लाख नगद र सुन गाल्ने मेसिनसहित ५ जना पक्राउ

शुक्रबार, असार २१, २०८१
Honor 600 pro

ललितपुर । ललितपुरस्थित प्रहरी  वृत सातदोबाटोले एक फ्ल्याटमा छापा मार्दै सुन गाल्ने मेसिन र ५० लाख रुपैयाँ नगदसहित ५ जनालाई पक्राउ गरेको छ । 

ललितपुर-१४ को एक निर्माणाधीन घरमा केही गलत गतिविधि हुँदै गरेको विशेष सूचना पाएर गएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। प्रहरीको सोधपुछमा पक्राउ परेका ताल्छिखेलमा फ्ल्याट  लिएर बस्ने भारतीय नागरिक युवराज विभुतेतर्फ इसारा सोझिएपछि सातदोबाटो प्रहरीले उनको फ्ल्याटमा  छापा मारेको थियो।

प्रहरीले युवराजको फ्ल्याटमा छापा मार्दा सुन गाल्ने मेसिन,६० लाख ४ हजार ७३० रुपैयाँ नगद , १६९ ग्राम ९७० मिलिग्राम सुन, २५० ग्राम चाँँदी, सुन जोख्ने डिजिटल तराजु,बैंकमा पैसा जम्मा गरेका भौचर र हार्ड डिस्क बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार भारतको महाराष्ट्रस्थित आडवारी स्थायी ठेगाना भएर हाल ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज, महाराष्ट्रकै १८ वर्षीय अभिषेक विभुते,भक्तपुर सुर्यविनायक नगरपालिका-१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुर महालक्ष्मी नगरपालिका-८ का २० वर्षीय यसवन्त सुनार पक्राउ परेका हुन् ।

प्रहरी वृत्त सातदोबाटोले बरामद गरिएको नगद ५० लाख रुपैयाँसहित अन्य सबै सामाग्रीसहित ५ जनालाई आबश्यक अनुसन्धानका राजस्व अनुसन्धान विभाग पुल्चोक पठाएको जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्