अज्ञात समूहको आक्रमणमा एक जनाको मृत्यु, ३ जना घाइते

शुक्रबार, असार २१, २०८१
honor mob  winter sales

पाँचथर। पाँचथरको फिदिममा अज्ञात समूहको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । 

Honor x7 pad

प्रहरीका अनुसार गएराति फिदिम नगरपालिका-१४ स्थित आहालकै गाउँकै एक स्थानीयको घरमा झाँक्री बसेको हेर्न पुगेका ३७ वर्षीय दिनेशकुमार राईको अज्ञात समूहको आक्रमणबाट मृत्यु भएको हो।

झाँँक्री बसेको हेर्न पुगेका दिनेशसहित गाउँकै पर्शु राई, ध्रुब राई र पुष्कर विकमाथि अन्दाजी २० जनाको समूहले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।

आक्रमणमा घाइते भएका उनीहरु सबैलाई फिदिम जिल्ला अस्पताल ल्याएर उपचारका क्रममा आज बिहान दिनेशको मृत्यु भएको पाँँचथर प्रहरीले जनाएको छ। अन्य ३ जना घाइतेमध्ये ध्रुब र पुष्कर उपचारपछि घर फर्किएका छन् भने पर्शुको उपचार जारी छ। 

प्रहरीले आक्रमणकारी समूहको पहिचान हुन नसकेको जनाउँदै उनीहरुको खोजतलास जारी रह्को जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्