बाल यौन दुराचार मुद्दामा ६ वर्ष जेल सजाय पाएका फरार प्रतिवादी पक्राउ

शुक्रबार, असार २१, २०८१
Honor 600 pro

स्याङ्जा । बाल यौन दुराचार मुद्दाका एक फरार प्रतिवादी स्याङ्जाबाट पक्राउ परेका छन् । स्याङ्जा प्रहरीले मुद्दामा दोषी ठहर भएर सजाय पाएर फरार भएका वालिङ नगरपालिका-११ का ६५ वर्षीय बहादुर पौडेललाई पक्राउ गरेको जनाएको छ।

पौडेल जिल्ला अदालत स्याङ्जा बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै २०७९ चैत २० गते ६ महिना १७ दिन जेल सजाय सुनाएदेखि फरार थिए।

लुकिछिपी घर आएको सूचना पाएर गएको स्याङ्जा प्रहरीले उनलाई बिहीवार उनकै निवासबाट पक्राउ गरेको थियो। पक्राउ परेका पौडेललाई आज जिल्ला अदालत पेस गर्न लागेको स्याङ्जा प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्