७३ जिल्लामा फैलियो डेंगी

शुक्रबार, असार २१, २०८१
honor mob  winter sales

काठमाडौं । डेंगी रोगको संक्रमण ७३ जिल्लामा फैलिएको छ। दैनिक पानी परिरहेकाले डेंगीको संक्रमण बढ्न थालेको हो।

Honor x7 pad

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा। गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा संक्रमण देखिएको छ। मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण देखिएको उनले जानकारी दिए।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन भएकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगी रोगको संक्रमण बढ्ने आकलन मन्त्रालयले गरेको छ।

सबभन्दा बढी काठमाडौंमा एक सय ५९ जनामा डेंगी देखिएको छ। झापामा एक सय २० र चितवनमा ८३ जनामा देखिएको छ। 

पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फूल पार्छ र फूलबाट लार्भा निस्किन्छ। त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्छ। रोग शाखाका प्रमुख डा। दाहालले डेंगी संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ। घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन महाशाखाले अनुरोध गरेको छ। रासस।

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्