नक्कली भुटानी शरणार्थी प्रकरण:पक्राउ परेका बेचन झालाई ५ दिन थुनुमा राख्न अनुमति

बिहीबार, असार २०, २०८१
honor mob  winter sales

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

Honor x7 pad

शरणार्थी प्रकरणमा लामो समयदेखि फरार रहेका झालाई प्रहरीले नेपाल-भारत सीमा नाका बाट शुक्रबार राति पक्राउ गरेको थियो।

पक्राउ पर्ने बित्तिकै स्वास्थ्यमा समस्या आएर वीर अस्पतालमा लगिएका झाले पीडितबाट २ करोडको चेक लिएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।टोखा नगरपालिका-६ धापासीस्थित रामशरण केसी पक्राउ परेपछि झाले २ करोडको चेक लिएको बयान दिएका थिए।

झाले २ करोडको चेक लिएर मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थी प्रक्रियामा निर्णय गराउने अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीले सोही प्रकरणमा फरार रहेका पूूर्व गृहमन्त्री एवंं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल' पुत्र प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्