प्रचण्डकै अस्थिर चरितले कांग्रेस-एमालेको नयाँ समीकरण बन्न पुग्यो: गगन थापा

बिहीबार, असार २०, २०८१
honor mob  winter sales

विराटनगर । नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरण बन्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अस्थिर चरित्रकै कारण भएको  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।

Honor x7 pad

आज विराटनगरमामा पत्रकारहरुसँँग कुरा गर्दै महामन्त्री थापाले भने- 'मेरो इच्छाले हुन्थ्यो भने अहिले पनि त्यही ठाउँमा हुन्थ्यो । यो सरकार बन्ने या नबने भन्ने कुरा व्यक्ति वा दलको कारणले हुँदैन रहेछ,’ कांग्रेस ८४ सम्म प्रतिपक्षमै बन्छ भन्नु भएको थियो नि भन्ने प्रश्नमा उनले भने, ‘अहिलेको परिस्थिति बनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारण नै हो ।

साथै  महामन्त्री थापाले नयाँ गठबन्धन बनेको चार महिनामा नै अर्को गठबन्धन बन्ने सम्भावना नै नरहेको बताउदै प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बनेको बताएका हुन् ।

कांग्रेस–एमालेको गठबन्धन बन्नुमा प्रचण्ड नै जिम्मेवार रहेको बताउँदै उनले चार महिनामै लसपस गर्नुपर्ने कुनै कारण नभएको टिप्पणी गरे ।

उनले प्रधानमन्त्री सम्पूर्ण रुपमा अल्पमतमा परेको बताउँदै प्रचण्डले छिटो भन्दा छिटो मार्ग प्रशस्त गर्नुपर्ने बताए । 

प्रधानमन्त्रीसँग मार्ग प्रशस्त गर्ने वा विश्वासको मत लिने दुई विकल्प भएको बताउँदै महामन्त्री थापाले आफूहरुले केही दिन कुर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्