बाँकेमा फरार प्रतिवादी पक्राउ गर्न प्रहरीले चलायो ३ राउन्ड गोली, गोली लागेर एक स्थानीय घाइते

बिहीबार, असार २०, २०८१
honor mob  winter sales

बाँके । जिल्ला प्रहरी बाँकेले डाँका चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले ३ राउन्ड गोली फायर गर्दा स्थानीय एक युवक घाइते भएका छन् ।

Honor x7 pad

जिल्ला अदालत बाँकेको २०७० असार १८ गतेको फैसलाले डाँका चोरी मुद्दामा दोषी ठहर भएर ६ वर्ष कैद र १२ हजार रुपैयाँ जरिवाना सजाय पाएर फरार रहेका सरमान सिंह सरदारलाई पक्राउ गर्न जिल्ला प्रहरी बाँके र इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको टोलीले डुडुवा गाउँपालिका-६ शिखनपुरुवाबाट पक्राउ गर्न लाग्दा आज बिहान स्थानीयवासीहरुले अवरोध गर्दै प्रहरीमाथि ढुङ्गामुडासहित  आक्रमण गरेपछि र प्रहरीकै हतियार खोस्न खोज्दा आत्मरक्षाका लागि प्रहरीले ३ राउन्ड गोली चलाएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

प्रहरीले हानेको गोली लागेर स्थानीय ३० वर्षीय नानक सिंह सरदार घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। साढे ८ बजेबाट सुरु भएको स्थानीयवासीको अवरोधलाई प्रहरीले करिब आधा घन्टासम्म प्रतिवाद गरेपछि सरदारलाई नियन्त्रणमा लिन सफल भएको बाँके प्रहरीले जनाएको छ।

प्रहरीले स्थितलाई नियन्त्रणमा लिने क्रममा भएको झडपमा इलाका प्रहरी हिरमिनियाका एक जना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जनाएको छ।

गोली लागेर घाइते नानकलाई भेरी अस्पतालमा लगिएको छ भने फरार प्रतिवादी सरदार र घाइते भएका वरिष्ठ प्रहरी हवल्दारको पनि भेरीमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्