प्रधानमन्त्रीलाई भेटेपछि राजीनामा नदिएरै फर्किए रास्वपाका मन्त्रीहरु

बिहीबार, असार २०, २०८१
honor mob  winter sales

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्त्रीहरुले राजीनामा नदिएर फिर्ता भएका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको रास्वपाका मन्त्रीहरू राजीनामा दिनबाट ब्याक भएका हुन् । 

Honor x7 pad

आज बिहानै रास्वपाका गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डोलप्रसाद अर्याल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीलाई भेट्नुुअघि रास्वपाका मन्त्रीहरूले राजीनामा दिने बताएका थिए । राजीनामा दिनुअघि रास्वपाका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

वर्तमान सरकारमा रास्वपाबाट पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री रहेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सरकार बनाउने सहमति बन्दै एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँँगै आठै जना मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेपछि रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउन लागेका थिए तर प्रधानमन्त्रीले आफुलाई विश्वासको मत दिन भनेपछि उनीहरु राजीनामा नदिएर ब्याक भएको बताइएको छ। यस्तै रास्वपाल्र  कांग्रेस–एमाले गठबन्धन सरकारमा भने सहभागी नहुने निर्णय गरिसकेको छ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्