एमालेका सबै मन्त्रीले दिए राजीनामा, प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

बुधबार, असार १९, २०८१
Honor 600 pro

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार बनाउने सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएसँँगै एमालेका सबै मन्त्रीहरुले राजीनामा दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज साँझ एमालेका सबै मन्त्रीहरुले राजीनामा बुझाएका हुन् ।

राजीनामामा बुझाउँँदै एमालेको नेतृत्व गरेर सरकारमा गएका रघुवीर महसेठले सरकारलाई दिएको समर्थन एमाल्ले फिर्ता लिएको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

एमाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनपछि सरकार अल्पमतमा परेको छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्