१२ वर्षीया बालिका बलात्कारको आरोप लागेका इन्स्पेक्टर विदुर शिवाकोटी पुर्पक्षका लागि थुनामा

बुधबार, असार १९, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीका इन्स्पेक्टर विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले १२ वर्षीया बालिका बलात्कार प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

Honor x7 pad

आफ्नै घरमा काम गर्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गत जेठ २३ गते पक्राउ परेका इन्स्पेक्टर शिवाकोटीलाई आज काठमाडौं अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभाग अन्तर्गत नाताभन्दा बाहेकका व्यक्तिसँग बसेका बालबालिकाको तथ्यांक संकलन गर्ने क्रममा इन्स्पेक्टर शिवाकोटीको घरमा काम गर्ने ती १२ वर्षीया बालिका बाल श्रमिकको रुपमा काम गर्ने कुरा खुलेको थियो।

ती बालिकाले तथ्यांक संकलन गर्न आएका एक अधिकृतको फोन नम्बर मागेर पछि बालिकाले उनलाई सम्पर्क गरे पश्चात् महानगर, नागार्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र र प्रहरी वृत स्वयम्भूको संंयुक्त टोलीले उनलाई इन्स्पेक्टर शिवाकोटीको घरबाट उद्दार गरेको थियो।

इन्स्पेक्टर शिवाकोटीको घरबाट उद्दार गरिएकी ती बालिकाले आफुमाथि बलात्कार गरिएको कुरा बयान दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर शिवाकोटीलाई स्वयम्भू प्रहरीले पक्राउ गरेको थियो।

विगत ६ वर्षदेखि घरमा काम गर्दै पढ्दै आएकी ८ कक्षामा अध्यनरत उनीमाथि बाबुसमान ४५ वर्षीय इन्स्पेक्टर शिवाकोटीले ३ वर्षदेखि बलात्कार गर्दै आएका थिए। 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्