छुरा प्रहारबाट गम्भीर घाइते भएका युवा संघ रुपन्देहीका नेताको मृत्यु

बुधबार, असार १९, २०८१
honor mob  winter sales

रुपन्देही । गत जेठ २ गते  बुटवलको कालिकानगरस्थित एक रेस्टुरेन्टमा भएको छुरा प्रहारबाट गम्भीर घाइते भएका राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूूर्व सदस्य रवि थापाको उपचारका क्रममा मृत्यु भएको छ।

Honor x7 pad

बुटवल-७ घर भएका ३६ वर्षीय थापाको मंगलबार त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

राष्ट्रिय युवा संघ रुपन्देहीले छुरा प्रहार घटना भएको रेस्टुरेन्टमा रहेको सिसिटिभी क्यामेरामा कैद भएर अपराधीको पहिचान हुँदा सम्म प्रहरीले उनीहरुलाई पक्राउ नगर्नु दुखको कुरा भएको बताउँदै प्रहरीलाई तत्काल पक्राउ गर्न ध्यानाकर्षण गराएको जनाएकोछ।

यता, इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको भएपनि घटनामा संंलग्नलाई पक्राउ गर्न नसकिएको स्विकार गरेको छ।

 

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्