बाँकेको मनिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

बुधबार, असार १९, २०८१
Honor 600 pro

बाँके । बाँकेको नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको नेपालगन्ज उपमहानगरपालिका-२० स्थित मनिकापुरमा गएराति नेपालगन्जबाट कोहलपुर जाँदै गरेको बा५५प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा प्युठानका ३२ वर्षीय पूूर्णबहादुर घर्तीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्